बागमती प्रदेशमा २ सय ३७ जना विद्यालय नर्सको दरखास्त आह्वान



Download our app to get more features

काठमाडौ, ८ असोज । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २ सय ३७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्न दरखास्त आव्हान गरेको छ ।

मन्त्रालयले हरेक स्थानीय तहमा २ जनाका दरले १ सय १८ वटाको २ सय ३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी कुल २ सय ३७ जना विद्यालय नर्स नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो ।

मन्त्रालयले योग्यता पुगेकाहरुलाई २१ दिन भित्र अनलाइनमार्फत दरखास्त दिन आव्हान गरिएको छ ।


 

Last modified on 2020-09-24 12:55:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts