चितवनमा उपचाररत तनहुँका ३९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

चितवन, ८ असोज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको गएराति १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृतक पुरूष भदौ २९ गते डायलासिस गर्नका लागि अस्पताल भर्ना भएका थिए । उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती पुरूषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो । मृतक ती पुरूषमा मिर्गाैलाको समस्या रहेको अस्पतालले जनाएको छ ।

चितवनमा बिहानसम्म संक्रमितको संख्या एक हजार पाँच सय ५९ छ । त्यस मध्ये अहिलेसम्म ७ सय ८ जना स्वस्थ भएका छन् । जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । 

मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts