सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीको बीमा गर्ने



Download our app to get more features

काठमाडौं, ७ असोज । सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बीमा गरिदिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै कोरोना उपचारमा खटिएका र खटिने बसै स्वास्थ्यकर्मीको २५ लाखको बीमा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन्। 

२०७७ साउन १ देखि लागू हुने गरी कोरोना उपचारमा खटिने सबै स्वास्थ्यकर्मीकोसरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बीमा गर्ने निर्णय भएको छ, बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भने। 

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधामा सरकारले कुनै चासो नदिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो। 

Last modified on 2020-09-23 21:38:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts