कोरोनाका सक्रिय सङ्क्रमित २५ हजारभन्दा धेरै भएमा लकडाउन गर्न सिफारिस



Download our app to get more features

काठमाडौं, ७ असोज । नेपालको स्वास्थ्य सेवाले सक्रिय सङ्क्रमित २५ हजारभन्दा धेरै भएमा व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार सङ्क्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 बुधबार बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको हो ।

विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकोमा स्वीकृति दिने निकायले कडाइका साथ अनुगमन गरी कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघि गएको चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्य रातिबाट हटाइएको थियो ।  बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार सय १४ रहेको छ । १७ हजार चार सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।   
 

Last modified on 2020-09-23 21:26:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts