पूर्व शिक्षामन्त्री शुक्लाद्वारा पीपीई, मास्क लगायत स्वास्थ्य सामग्री हस्तान्तरण

रुपन्देही, ७ असोज । जनता समाजवादि पार्कार्टी वरिष्ठ उपाध्यक्ष सर्बेन्द्र नाथ शुक्लाले स्वास्थ्य सामाग्री हस्तान्तण गरेका छन । शुक्लाले बुधबार रुपन्देहीको कोटहिमाई गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइृ सहयोग गरेको जनता समाजवादि पार्टी रुपन्देहीका युवा नेता प्रशान्त गुप्ताले जानकारी दिए ।
शुक्लाले करिब ९० हजार बराबरको सामाग्री गरेकाहुन । पिपिई सेट १६ थान,फेस साइल्ड ३० थान,आई प्रोटेक्सन ग्लासेस १६ थान,सेनेटाइजर १२ बोटल,एन नाइन्टीफाइप मास्क ४० थान,थ्रिलियर मास्क २ सय थान,सर्जिकल ग्लब्स ५० थान र डिस्पोजल ग्लब्स लगायतका स्वास्थ्य सामाग्री गाउँपालिकालाई हस्तान्त्रण गरिएको हो ।
अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई राहत स्वरुप सो सामाग्री प्रदान गरेको शुक्लाले बताए । जोखिम बहन गर्दै कोरोना संक्रमितहरुलाई सुरक्षति रुपमा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई तिन तहको सरकारबाट कुनै सुरक्षा ब्यवस्था उपलब्ध नगराएको आरोप लगाउँदै सरकारको कमजोर ब्यवस्थापनले कोरोनाको संक्रमति बढेको दावि शुक्लाले गरे ।