चितवनमा ४५ प्रतिशतले जिते कोरोना, सक्रिय संक्रमितको संख्या ८ सय ३०



Download our app to get more features

चितवन, ७ असोज । चितवनमा ४५ प्रतिशत कोरोना संक्रमित स्वस्थ भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधवार दिउँसोसम्म जिल्लामा संक्रमितको संख्या एक हजार पाँच सय ५६ रहेको छ । जसमा हालसम्म ७ सय ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । जुन कुल संक्रमितको ४५ दशमलव ५ प्रतिशत हुन आउँछ ।


अहिलेसम्म संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकाका मात्रै १ हजार ११ जना छन् । यो संख्या जिल्लाका कुल संक्रमितको ६४ दशमलव ९७ प्रतिशत हुन आउँछ ।

त्यसैगरि रत्ननगर नगरपालिकामा १ सय ८८, राप्ती नगरपालिकामा १ सय २५, खैरहनी नगरपालिकामा १ सय ८, कालिका नगरपालिकामा ५७, माडी नगरपालिकामा ५५ र इच्छाकामना गाउँपालिकामा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमध्ये अहिले सक्रिय संक्रमितको संख्या ८ सय ३० जना छ । त्यसमध्ये ५ सय ७९ जना होम आइसोलेसन र २ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

चितवनमा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । अहिलेसम्म ९ सय २५ जना पुरूष र ६ सय ३१ जना महिलामा संक्रमण पुष्टि भएको हो । जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2020-09-23 21:40:18

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts