१ महिला र ६ पुरुष गरि थप ७ जना कोरोना संक्रमितको मृत्यु, संख्या ४ सय ३६ पुग्यो



Download our app to get more features

काठमडौं, ७ असोज । नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ जना पुरुष र एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

मृत्यु हुनेमा काठमाडौंकी ६८ वर्षीया एक जना महिला र झापाका ८६, सिरहाका ५०, काठमाडौंका १६, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षका गरि ६ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै हाल नेपालमा २ सय २० जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ४३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts