नेपालका १५ अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध गराउने व्यवस्था सुरु



Download our app to get more features

काठमाडौं, ७ असोज । मुलुकका विभिन्न १५ अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध गराउने व्यवस्था सुरु भएको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरिब तथा विपन्न वर्गलाई लक्षित गरी केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो । सोही अनुसार मुलुकका विभिन्न १५ अस्पतालले यो सेवा सुरु गरेको हो ।

असोज १ गते राष्ट्रिय ट्रमा सेन्टर र गंगालाल अस्पतालबाट सुरु भएको यो सेवा मंगलवारबाट कान्ति बाल अस्पतालमा पनि सुरु भएको छ ।

सरकारले गरिब, विपन्न, साथमा आफन्त कोही नभएका वा तेस्रो व्यक्तिले अस्पताल पुर्याएको वा अप्ठ्यारोमा परेकाहरुलाई प्रारम्भिक चारणको आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे अनुसार यो सेवा सुरु भएको हो । 

प्रारम्भिक चरणको आकस्मिक सेवाको अवधि एकदिन वा २४ घन्टाका लागि मात्रै मान्य हुने छ ।

साथै यी अस्पतालमा पनि अब प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने मन्त्रालयले जनाएको छ :

Last modified on 2020-09-23 13:24:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts