डा केसीमाथि सुरक्षाकर्मीहरुबाट गरिएको ज्यादतीपूर्ण व्यवहारप्रति नेपाल चिकित्सक संघको आपत्ति



Download our app to get more features

काठमाडौं, ७ असोज । नेपाल चिकित्सक संघले डा गाविन्द केसीलाई इच्छा विपरित राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा आपत्ति जनाएको छ ।

भदौ २९ गतेबाट जुम्लामा अनसन थालेका डा केसी मंगलवार नेपालगञ्ज हुँदै काठमाडौं आइपुगेका थिए । तर, विमानस्थलमा प्रहरीले उनलाई इच्छा विपरित लोकतान्त्रिक मूल्य मान्यता विपरित कानूनी राज्यको उपहास गर्दै अहरणशैलीमा ट्रमा सेन्टरमा लगिएको थियो । सोही घटनाप्रति संघले दुःख व्यक्त गर्दै आपत्ति जनाएको हो ।  

६० वर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको अवस्थामा अस्वाभाविक, गैरमानवीय र जबरजस्ती शैलीमा प्रतिष्ठित चिकित्सकलाई गरिएको व्यवहार अत्यन्तै निन्दनीय र भत्र्सना योग्य रहेको संघको विज्ञप्तिमा उल्लेख छ । 

नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनौट गर्न पाउने अधिकारको बञ्चित गर्दै सुरक्षाकर्मीहरुबाट नै गरिएको ज्यादतीपूर्ण व्यवहारप्रति संघले विरोध समेत जनाएको छ । 

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण रुपमा गरिएको सत्याग्रहको भावना र मर्मलाई नेपाल सरकारले गम्भिर रुपमा मनन गर्दै अबिलम्ब वार्ताद्वारा मागहरुको सम्बोधन गरी डा केसीको जीवन रक्षा गर्न पनि संघले माग गरेको छ ।

डा केसीले मंगलवारै ट्रमाबाट स्वेच्छिक डिस्चार्ज लिई त्रिवि शिक्षण अस्पताल भर्ना भइसकेका छन् ।

Last modified on 2020-09-23 07:36:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts