नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ५ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको बताए ।

यस्तै कोरोना संक्रमण पछि पछिल्लो २४ घन्टामा एक हजार ५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।
 

Last modified on 2020-09-21 16:20:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts