डा केसीको १९ औं अनसन आठौं दिनपनि जारी, माग पूरा नभएसम्म अनसन जारी रहने



Download our app to get more features

जुम्ला, ५ असोज । प्राध्यापक डा गोविन्द केसीको १९ औं अनसन ८ औं दिनपनि जारी छ । 

जुम्लामा आफ्नो अनसन सुरु गरेका डा केसीलाई शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको भन्दै विरोध जनाएका डा केसीले कुनैपनि किसिमको उपचार लिनबाट अस्विकार गरेका छन् ।

डा केसीले अनसनको आठौं दिनसम्ममा पनि सरकारको तर्फबाट माग सम्बोधनका लागि कुनैपनि किसिमको पहल नभएको भन्दै अपहरण शैलीमा आफूलाई अनसनस्थलबाट अस्पताल ल्याइएकोमा विरोध जनाए ।

डा केसीले विज्ञप्ति जारी गर्दै दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका उल्लेख गरेका छन् ।

डा केसीले आफ्ना मागहरु पूरा गराएर मात्रै सत्याग्रह अन्त्य हुने पनि बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts