बेलायतमा आइसोलेसनमा नबस्नेलाई १० हजार पाउण्डसम्म जरिवाना



Download our app to get more features

एजेन्सी, ४ असोज । बेलायतमा आइसोलेसनमा बस्न नमान्नेले १० हजार पाउण्डसम्म तिर्नुपर्ने भएको छ। परीक्षणको नतिजा पोजेटिभ आएका तथा संक्रमितको सम्पर्कमा रहेकाहरुले ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने नियम २८ सेप्टेम्बरदेखि लागू गरिँदैछ। यो नियम उल्लंघन गर्नेहरुले जरिवाना तिर्नुपर्ने बताइएको हो। 

हालसम्म आइसोलेसनमा बस्न निर्देशिकामात्र जारी गरिएको थियो। अब यसलाई अनिवार्य बनाइएको छ। जरिवाना १ हजार पाउण्डदेखि सुरु हुनेछ। त्यसपछि नियम उल्लंघन दोहोरिएअनुसार जरिवाना रकम पनि बढ्दै जाने छ। 

यो नियम रोजगारदातालाई पनि लागू हुनेछ। आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ। यो नयाँ नियमलाई प्रहरी र स्थानीय अधिकारीहरुले लागू गर्ने बताइएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसविरुद्ध लड्न सबैले यो नियम मान्नुपर्ने बताएका छन्। 

बेलायतमा शनिबार थप ४ हजार ४ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो भने २७ जनको मृत्यु भएको छ।

स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा संक्रमितको संख्यामा वृद्धि भएको बिबिसीले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts