कर्णाली अस्पताल ल्याइएका डा केसीको अडानः जबरजस्ती अस्पताल ल्याएपनि उपचार गराउँदिन



Download our app to get more features

जुम्ला, ४ असोज । १९ औं पटक अनसन बसेका प्रा डा गोविन्द केसीले उपचार नगराउने बताएका छन् ।

जुम्लाको बाबिरा मस्ट मन्दिर परिसरमा भदौ २९ गतेबाट अनसन बसेका डा केसीलाई शनिवार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको छ । 

डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको भन्दै शनिबार राती साढे १० बजे अस्पताल लगिएको बताइएको छ । तर, डा केसीले आफूलाई जवरजस्ती अपहरण शैलीमा अनसनस्थलबाट ल्याएको भन्दै विरोध गरेका छन् । उनले अस्पतालमा आएपनि कुनैपनि उपचार सेवा नलिने बताएका छन् ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले हाम्रो डाक्टरसँग कुराकानी गर्दै डा केसीलाई पुरानो आईसीयू वार्डमा उपचारको व्यवस्था मिलाइएको बताए ।

उनले डा केसीको स्वास्थ्य अवस्था निगरानी गर्न डा प्रविणकुमार गिरी, डा अनुप मंगल समालसहितको चार सदस्यीय स्वास्थ्यकर्मीकर्मीको टोली परिचालन गरिएको बताए ।

डा केसीले विभिन्न ६ बुँदे माग राखी अनसनमा बसेका छन् ।

Last modified on 2020-09-20 09:38:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts