काठमाण्डौ उपत्यकामा ६ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा ६ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण भएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिएकाछन् । अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा बढी सङ्क्रमण देखिएको उनले बताए ।
शिक्षण अस्पताल महाराजगञ्जका एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये २१ जना डाक्टर र अरु नर्स तथा वार्ड सहयोगीहरु रहेका छन् । यस्तै वीर अस्पतालमा एक सय १५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।
वीर अस्पतालमा २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जनामा कर्मचारीमा सङ्क्रमण देखिएको छ ।