काठमाडौं उपत्यकामा ७११ संक्रमित थपिए

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् ।
काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्र ५ सय ७० संक्रमित भेटिएका छन् । भक्तपुरमा ३ र ललितपुरमा ५८ जनामा कोरोना पुष्टि भएको छ ।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ संक्रमित पुगेका छन् ।
काठमाडौंपछि सबैभन्दा बढी संक्रमित बारामा देखिएको छ। बारामा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।
आज देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन। १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ।