नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण निधन, संख्या ४ सय १ पुग्यो

काठमाडौं, ३ असोज । नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ महिला र ४ जना पुरुषहरुको कोरोना संक्रमणका कारण निधन भएको हो ।
निधन हुनेमा मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, ललितपुरकी ७६ र ६८ वर्षीया, काठमाडौंकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीया ७ जना महिलाहरु रहेकी छन् । यस्तै ललितपुरका ६० वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय र काठमाडौंका ७५ वर्षीया गरी ४ जना पुरुषहरुको पनि कोरोना संक्रमणका कारण निधन भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४ सय १ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।
यस्तै नेपालभर हाल १ सय ७९ जना आईसीयूमा उपचाररत छन् भने ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।