कोरोना संक्रमण पुष्टिपछि अस्पताल भर्ना भएका डा रिजाल भन्छन्ः चाँडै काममा फर्किनेछु



Download our app to get more features

काठमाडौं, ३ असोज । नेपालका वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा भोला रिजालले आफू स्वस्थ रहेको बताएका छन् ।

भदौ १४ मा कोरोना संक्रमण पुष्टि भएपछि डा रिजाल दम्पत्ति ह्याम्स अस्पताल भर्ना भएका थिए । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।
 
यसैबीच, स्त्रीरोग विशेषज्ञहरुको छाता संगठन फर्टिलिटी सोसाइटी अफ नेपालले डा रिजालको स्वास्थ्य लाभको कामना गरेको छ ।

सोसाइटीका अध्यक्ष समेत रहेका चिकित्सक रिजाल दम्पतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको सोसाइटीकी महासचिव डा स्वस्ती शर्माले बताइन् । 

शर्माले डा रिजालको पछिल्लो नमुना परिक्षण गर्दा कोभिड नेगेटिभ आएकोमा खुशि व्यक्त गरेकी छन् । तर, डा रिजालकी श्रीमती सरलाको भने अझै नेगेटिभ रिपोर्ट आएको छैन । सुरुका केही दिन सामान्य ज्वरो, रुघा भएपनि हाल रिजाल दम्पतीलाइ नै कुनै लक्षण देखिएको थिएन । 

डा रिजालले पनि आफू ठिक भएको अस्पतालबाटै बताएका छन् । आम नागरिकको आशिर्वादले मलाई ठिक छ उनले भने, ‘केही दिनमा अस्पतालबाट फर्कने र बिरामीको सेवामा लाग्ने छु ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts