राैतहटकी काेराेना संक्रमित महिलाकाे चितवनमा मृत्यु



Download our app to get more features

चितवन, ३ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

रौतहट चन्द्रपुर नगरपालिका ५ की ५१ वर्षीया महिलाको शनिवार  बिहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । भदौ २८ गते अस्पताल भर्ना भएकी उनकाे भदाै २९ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएकी थिईन् । 

ती महिलालाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । उनी उच्च रक्तचाप र थाइराइडको बिरामी समेत रहेकाे निर्देशक डा. लम्सालले जानकारी दिए ।

चितवनमा शनिवार बिहानसम्मकाे तथ्याङ्क अनुसार जिल्लामा काेराेना संक्रमितकाे संख्या एक हजार पाँच सय १९ जना पुगेकाे छ । जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १७ जनाकाे मृत्यु भइसकेकाे छ । 

मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका, माडी र कालिका नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु भएकाे छैन ।

Last modified on 2020-09-19 08:56:39

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts