चितवनमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघ्याे, संक्रमित मध्ये ६५ प्रतिशत भरतपुरका



Download our app to get more features

 चितवन, २ असाेज । चितवनमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या १५ सय नाघेकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार शुक्रवार बेलुकीसम्म जिल्लाका संक्रमितको संख्या एक हजार पाँच सय १४ पुगेको छ ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकाका मात्रै ९ सय ९२ जना छन् । जुन जिल्लाका कुल संक्रमितकाे ६५ दशमलव ५ प्रतिशत हुन आउँछ ।

त्यसैगरि रत्ननगर नगरपालिकामा १ सय ८८, राप्ती नगरपालिकामा १ सय २३, खैरहनी नगरपालिकामा ८८, इच्छाकामना गाउँपालिकामा १३, माडी र कालिका नगरपालिकामा समान ५५/५५ जना छन् ।

चितवनमा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । अहिलेसम्म ८ सय ९५ जना पुरूष र ६ सय १९ जना महिलामा संक्रमण पुष्टि भएकाे हाे । जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १७ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका, माडी र कालिका नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु भएकाे छैन । अहिलेसम्म निकाे हुनेकाे संख्या ४ सय ९० जना छ ।

Last modified on 2020-09-18 21:36:53

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts