धनुषामा थप दुईजना कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

जनकपुर, २ असोज । धनुषामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  सबैला नगरपालिका ३ का ६८ वर्षका पुरुष र बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका २ बस्दै आएका ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुबैको मृत्यु प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

उनका अनुसार बटेश्वरका पुरुष गत भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र साँस लिन समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब संकलन गरिएको थियो ।

दुई दिनपछि रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिए पनि बिहीबार राति उनको मृत्यु भएको हो । 

यस्तै, सबैलाका पुरुषको शुक्रबार दिउँसो २ बजे सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा भर्ना भएका यी पुरुषको गत साउन ३१ गते स्वाब संकलन गरिएको थियो । उनी संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार आएको थियो । मृतक दुबै मिर्गोला सम्बन्धी समस्याबाट पीडित थिए ।

योसँगै धनुषामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ पुगेको  छ ।

Last modified on 2020-09-18 21:00:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts