नेपालमा हुने ४५ प्रतिशतभन्दा धेरै गर्भधारण अनिच्छित 



Download our app to get more features

 काठमाडौं, २ असोज । सरकारले कोरोना महामारीका बीच पनि परिवार नियोजनका सेवाहरु नियमित रहेकोले ढुक्क भएर सेवा लिन आग्रह गरेको छ ।

नेपालमा लकडाउन सुरु भएको चैत महिनामा केही ठाउँका सेवाहरुमा समस्या आएको भए पनि अहिले सबै स्वास्थ्य संस्थाबाट यसअघिका परिवार नियोजनसम्बन्धी सेवाहरु सुरु भएको परिवार कल्याण महाशाखाकी प्रमुख कविता अर्यालले जानकारी दिईन ।

उनले अहिले नेपालमा सरकारले परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु निःशुल्क उपलब्ध गराइरहेको र कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका साथ सेवा प्रवाह भइरहेको भन्दै सेवा लिन आग्रह गरेकीछन् ।

जनसङ्ख्या नियन्त्रणको उद्देश्यले सुरु भएको परिवार नियोजन सेवा अहिले महिलाहरुको प्रजनन अधिकारका रुपमा पनि स्थापित भएको भन्दै प्रमुख अर्यालले अनिच्छित गर्भधारण रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बताईन ।
अहिले पनि नेपालमा कुल गर्भधारणको ४५ प्रतिशत गर्भधारण अनिच्छित रहेको र लकडाउन तथा निषेधाज्ञाका कारण यो सङ्ख्या अझै बढ्ने सम्भावना रहेको अर्यालले भनिन् । कतिपय मानिस विदेशबाट फर्किएर घरमा बसेको, लकडाउनका कारण परिवार नियोजनका सेवा लिन जान नसकेको लगायतका कारण अनिच्छित गर्भधारण बढ्ने उनको धनाई छ । 

शुक्रबार नेपालमा कोभिड १९ को अबस्था, गुणस्तरीय परिवार नियोजन सेवाको निरन्तरता भन्ने नाराका साथ सातौँ परिवार नियोजन दिवस मनाइँएको छ ।  

Last modified on 2020-09-18 20:18:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts