काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

अहिलेसम्मकै धेरै संक्रमित



Download our app to get more features


काठमाडौं, २ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन्।

उपत्यकका तीन जिम्लामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

 काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६  र भक्तपुरमा  १ हजार २ सय ६८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। २४ घण्टा ८ सय ७१ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४३ हजार ८ सय २० जना पुगेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts