नेपालमा थप २ जना महिला र ५ जना पुरुषको कोरोना संक्रमणका कारण निधन

काठमाडौं, २ असोज । नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा २ महिला ५ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको जनाएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८५ वर्षीया र ललितपुरका ६६ वर्षीया दुई जना महिला रहेका छन् । यस्तै मोरङका ६६ वर्षीय दुई जना पुरुष, काठमाडौंका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय, र नवलपरासीका ३१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण निधन भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय सय ९० पुगेको छ । यो दर कुल संक्रमितमध्ये शून्य दशमलव ६३ प्रतिशत हो ।
हाल नेपालमा १ सय ७३ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।