नेपालमा एकैदिन थपिए २ हजार २० नयाँ संक्रमित, निको हुनेको संख्या ४३ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, २ असोज । नेपालमा हालसम्मकै धेरै मानिसहरुमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ५८ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

नेपालमा एकैदिन देखिएको यो संख्या हालसम्मकै धेरै संक्रमित संख्या हो । योसंख्या सँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ८ सय ७१ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । प्रवक्ता गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ दशमलव १ प्रतिशत रहेको छ ।

हाल नेपालभर १७ हजार ३ सय ८३ सक्रिय संक्रमितको संख्या रहेको छ भने ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-09-18 16:24:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts