६ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नती गर्ने प्रदेश ५ सरकारको निर्णय



Download our app to get more features

रुपन्देही, २ असोज । प्रदेश ५ सरकारले स्वास्थ्यका क्षेत्रमा विभिन्न बुँदागत निर्णयहरु गरेको छ ।

सरकारको शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले शव बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । रकम पाउने पालिकामा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिका रहेका छन् ।

यस्तै जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शय्यामा स्तरोन्नती गर्ने पनि निर्णय भएको छ । स्तारोन्नति हुने अस्पतालहरुमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन् । तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी, नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts