गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ असोज । गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएका छन्।
बिपी कोइराला स्मृति क्यान्सर अस्पताल, चितवन, चितवन मेडिकल कलेज, क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा ५६ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
थपिने संक्रमितमा नवलपरासीका ३४, तनहुँका ४, कास्कीका १७, स्याङ्जाका १ जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेको छ।
सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।
Last modified on 2020-09-18 12:38:29