सर्लाहीका काेराेना संक्रमित ५५ वर्षीय पुरुषकाे चितवनमा मृत्यु



Download our app to get more features

चितवन, २ असाेज । भरतपुर अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

सर्लाही जिल्लाकाे हरिहर गाँउपालिकाका ५५ वर्षीय पुरुषको शुक्रवार बिहान १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनी खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १८ गते अस्पताल भर्ना भएका थिए । उनकाे साेहि दिन काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

मिर्गौलाको रोगी समेत रहेका उनकाे केही समयदेखि डायलाइसिस चलिरहेकाे थियाे । मृतक ती पुरूषकाे भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उता पूर्वी नवलपरासी देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहानकाे राति १२:१८ मा चितवन मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएको थियाे ।

याेसँगै अहिलेसम्म चितवनमा ३१ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । याे सहित यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका १४ जनाकाे मृत्‍यु भईसकेकाे छ ।

Last modified on 2020-09-18 12:16:54

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts