चितवन मेडिकल कलेजमा थप एक जना काेराेना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

चितवन, २ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहानकाे राति १२:१८ मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । भदौ २५ गते अस्पताल भर्ना भएका उनकाे भदाै २६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए ।

ती पुरूषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे ।

याेसँगै अहिलेसम्म चितवनमा ३० जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । याे सहित यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका १३ जनाकाे मृत्‍यु भईसकेकाे छ ।

Last modified on 2020-09-18 10:19:52

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts