नर्सिङ काउन्सिलले जारी गर्यो नर्स र मिडवाइफको लाइसेन्स परीक्षाको कार्यतालिका



Download our app to get more features

काठमाडौं, २  असोज । नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफहरुको लाइसेन्स परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले आज सूचना जारी गर्दै नर्स र मिडवाइफको परीक्षा सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको हो । जस अन्तर्गत नर्स र मिडवाइफहरुको नाम दर्ता प्रमाण पत्र (लाइसेन्स) को परीक्षाको मिति मंसिर १३ गतेका लागि तय गरिएको छ ।

नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि ब्याचलर इन मिडवाइफ्रि साइन्स (बीएमएस) उत्तीर्ण भएको हुनुपर्ने काउन्सिलले जनाएको छ ।

कार्यतालिका अनुसार परीक्षाको फारम असोज ४ गतेदेखि कात्तिक ३ गतेसम्म भर्न सकिनेछ भने कात्तिक ४ देखि कात्तिक १५ सम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने छ । यस्तै परीक्षण हुने समय मंसिर १३ गते शनिवार बिहान ९ बजेदेखि ११ः ३० बजेसम्मका लागि तय गरिएको छ ।

काउन्सिले जारी गरेको कार्यतालिकामा परीक्षामा सहभागि हुन आउने सम्पूर्ण विद्यार्थीहरुको ज्वरो नापिनेछ भने मास्क सबैले अनिवार्य लगाउनु पर्ने उल्लेख गरिएको छ । यस्तै काउन्सिलको परीक्षा समितिले आवश्यक ठानेमा परीक्षार्थीहरुसँग अन्तरवार्ता पनि लिन सक्नेछ ।

यस्तो छ काउन्सिलले जारी गरेको सूचनाः

Last modified on 2020-09-18 09:53:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts