चितवनकाे रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

चितवन, २ असाेज । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ २८ गते स्वाब दिएका जनप्रतिनिधि नारायण वनलाई बिहीबार काेराेना संक्रमण पुष्टि भएकाे हाे । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि संक्रमण हुनसक्ने आशङ्कामा स्वाब दिएका थिए । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा उनी दिनरात खटिने गरेका थिए ।
उनी अहिले हाेम आइसाेलेसनमा छन् । मेयर वनकाे अहिले स्वस्थ्य अवस्था सामान्य रहेको छ । उनलाई कहाँबाट कसरी काेराेना संक्रमण भएकाे हाे भन्ने बारे आफूलाई नै थाह नभएकाे बताए । उनी जन प्रतिनिधिकाे हैसियतले नगरभर काेराेना व्यवस्थापनकाे काममा खटिएका थिए ।
Last modified on 2020-09-18 09:09:49
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।