'सरकारले स्वास्थ्यकर्मीलाई सुरक्षा दिनसके मात्र बिरामी सुरक्षित हुन्छन'

काठमाडौं, १ असोज । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्नको लागि सरकार समक्ष अनुरोध गरेको छ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै संघले स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुरक्षित काम गर्ने वातावरणले नै विरामीको सुरक्षा हुने सक्ने जनाएको छ।
स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र बिरामी माथि हुने नोक्सानलाई कम गर्न सकिने बताएको छ।
‘स्वास्थ्यकर्मीहरुलाई संधै तनाव हुन्छ । त्यसमाथि कोरोनाको महामारीले झनै तनाव र जोखिम थपिदिएको छ, विज्ञप्तीमा भनिएको छ,‘यस्तो समयमा स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र बिरामीको सुरक्षा हुन सक्छ।’
त्यस्तै एनएमएले स्वास्थ्यकर्मीहरुमाथि हिंसा र आक्रमण गर्नेहरुमाथि बिना पूर्जी पक्राउ गर्न पनि आग्रह गरेका छन्।