नेपालगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

बाँके, १ असोज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधवार बेलुका कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको उपचारका क्रममा बिहीवार बेलुका ५:१५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
 दुवै फोक्सोमा निमोनिया भएका उनको बुधबार रातिदेखि भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।

ती पुरुष अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । अस्पतालले ३१ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सोही दिन भेरी अस्पतालमा रिफर गरेको थियो ।

यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts