काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय १८ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा ५ सय जना , ललितपुरमा ६१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार २ सय ७९ पुगेको छ। काठमाडौंमा ११ हजार ७ सय ४६ ललितपुरमा १ हजार २ सय ४७ र भक्तपुरमा १ हजार १ सय ८६ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ जना पुगेको छ।