सरकारले तयार पार्यो स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन



Download our app to get more features

काठमाडौं, १ असोज । सरकारले स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि मार्गदर्शन २०७७ तयार पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको मार्गदर्शनमा प्रत्येक स्थानीय तहलाई भिआइ स्ट्यान्डर्ड, साइड लकरसहितको बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र करारमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ५ लाख ५० हजार गरी जम्मा १० लाख बजेट उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अब स्थानीय सरकारले कोभिड अस्थायी अस्पताल निर्माणका लागि १० लासम्म बजेट पाउने भएका छन् । मन्त्रालयले उपलब्ध गराएको बजेट अपुगमा भएमा सम्बन्धीत स्थानीय तहले आफैं व्यवस्था गनुपर्ने पनि मार्गदर्शनमा भनिएको छ ।

यस्तै मार्गदर्शन भित्रै रहेर स्थानीय सरकारले जनशक्ति लगायतको व्यवस्थापन सम्बन्धीत स्थानीय तहबाटै नै गर्ने गराउनु सक्ने, करारमा राख्ने कर्मचारी सञ्क्षिप्त विधिबाट व्यवस्थाबाट गर्न पनि उल्लेख गरिएको छ ।

यस्तो छ सरकारले तयार पारेको मार्गदर्शनः


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts