कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन गरियो

धनगढी, १ असोज । कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन गरिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ वर्षीया संक्रमित महिलाको बुधवार साँझ मृत्यु भएकोमा बिहीवार नेपाली सेनाले शव व्यवस्थापन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा शव व्यवस्थापन गरिएको हो ।
सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । संक्रमितको प्लाज्मा थेरापीमार्फत् उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो ।