गुल्मीमा पिसिआर परीक्षण प्रयोगशालाको उद्दघाटन, अब रिपोर्टका लागि हप्तौ कुर्न नपर्ने



Download our app to get more features

गुल्मी, १ असोज । गुल्मीमा पिसिआर मेसिनको उद्दघाटन गरिएको छ । बिहिवार सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले कोभिड १९ परीक्षण प्रयोगशालाको उद्दघाटन गरे ।

जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनको लागि पिसिआर मेसिन सञ्चालनमा ल्याउन लागिएको हो । उक्त मेसिन मन्त्री ज्ञवालीले नै गत साउन २ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाललाई हस्तान्तरण गरेका थिए । तर, बीचमा केही प्राविधिक समस्या देखिपछि मर्मतको लागि काठमाडौ लगिएको थियो । अहिले काठमाडौबाट उक्त मेसिनको सट्टा नयाँ मेसिन ल्याइएको छ । 

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा राखिएको परीक्षण प्रयोगशालाबाट एक पटकमा ९६ वटा स्याम्पलको नतिजा आउने तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए ।

बिहिवार ल्याबको उद्दघाटन गरिएपनि नियमित सञ्चालनमा आउन भने अझै एक हप्ता लाग्नेछ । अहिले तत्कालै भैरहवाबाट कोरोना पोजेटिभ र नेगेटिभ स्वाब स्याम्पलको रुपमा ल्याई परीक्षण गर्ने र त्यसैको नजिताको आधारमा यस प्रयोगशाला संचालन गर्ने डाक्टर पाच्याले बताए । 

गुल्मीमै पिसिआर परीक्षण सुरु भएपछि अब पिसिआर परीक्षणको रिपोर्टका लागि हप्तौ कुर्नुपर्ने अवस्थाको अन्तय हुने भएको छ । यसभन्दा अगाडी संकलन गरिएका स्वाब काठमाडौ, हेटौडा र भैरवहवा पु¥याउने गरिएको थियो ।

जसले गर्दा रिपोर्टकै प्रतिक्षामा लामो समय कट्ने भएकोले अब त्यो समस्या समाधान भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । ‘१७ दिनसम्म पिसिआर रिपोर्टको प्रतिक्षा गर्दा अति नै समस्या परेको थियो ।’ उनले भने, ‘अब स्वाबको सङ्ख्या हेरीकन बढीमा दुई दिनमा नजिता आउनेछ ।’ ल्याबमा अहिले ५ नम्बर प्रदेशको प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र तम्घास अस्पतालका एकजन गरी दुईजना कर्मचारी कार्यरत छन् । तर, दुईजनाले मात्रै नपुग्ने भएकोले जनशक्ति थप गर्नको लागि सुचना प्रकाशित गरिएको छ । यहि असौज ६ गतेसम्म पाचँ जना जनशक्ति थपिन गई कुल सात जना पुग्ने र यसकाले काममा सहजता आउने अर्यालले बताए । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पिसिआर ल्याब दीर्घकालसम्म प्रयोग गर्न सकिने भएकोले ल्याइएका उपकरण जिल्लाको सम्पत्ति भएको बताए । करिब एक करोडको लागतमा जडान गरिएको मेसिन अन्य रोगको जाँच गर्ने काममा पनि प्रयोगमा आउने भएकोले सामग्रीको संरक्षण र उपयोगामा ध्यान दिन सबैलाई आग्रह गरे । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts