देवदह नगरपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवकले गरे आत्महत्या



Download our app to get more features

रुपन्देही, १ असोज । रुपन्देहीको देवदहमा नगरपालिकामा रहेको क्वारेन्टाइनमा एक  जना युवकले आत्महत्या गरेका छन् । 

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टाइनमा सोही वडाका २५ वर्षिय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यलय बुटवलका अनुसार भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ ।
 
पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको छैन । 

‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा थियो’–देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भने–‘उनले आत्महतया गर्नुको कारण खुलेको छैन ।’
 
प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । यसअघि पनि सोही क्वारेन्टाइनमा एक जनाले शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts