बैतडीमा स्थापना भएको पिसिआर प्रयोगशालाको उद्दघाटन गरियो

बैतडी, १ असोज । बैतडीमा स्थापना भएको पिसिआर प्रयोगशालाको उद्दघाटन भएको छ ।
जिल्ला अस्पताल बैतडीमा स्थापना भएको प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले संयुक्त रुपमा उद्दघाटन गरेका छन् ।
प्रदेश सरकारको करिब ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन् । प्रयोगशाला उद्दघाटनपछि अब बैतडीमै कोरोनाको परीक्षण पनि सुरु भएको छ ।
यसअघि कोरोना परीक्षणका लागि डडेल्धुरा, कैलाली स्वाब पठाउनुपर्ने अवस्था रहेकोमाअब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पतालका प्रमुख डा.डम्मरजंग सिंहले बताए । बैतडीमा पिसिआर प्रयोगशाला स्थापना भएपछि दार्चुलाका नागरिकलाई समेत सहज हुने भएको छ ।
प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला सञ्चालनमा आउन लागेको हो ।