चितवनमा थप १ सय छ जनामा काेराेना संक्रमण पुष्टि, भरतपुरमा मात्रै ५६ जना थपिए



Download our app to get more features

 चितवन, १ असाेज । चितवनमा एकैदिन थप १ सय छ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) मा १ सय २ जना र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा ४ जना गरी थप १ सय छ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित पुष्टि हुनेमा ५९ जना पुरूष र ४७ जना महिला रहेका छन् । जसमध्ये चितवनका मात्रै ८२ जना छन् । त्यस मध्ये पनि भरतपुर महानगरपालिकाका मात्रै ५६ जना छन् ।

त्यस्तैगरि संक्रमित हुनेहरूमा २४ जना अन्य जिल्लाका रहेका छन् । उनीहरूकाे चितवनका दुईवटा प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-09-17 12:46:09

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts