कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

विराटनगर ,१ असोज। विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो ।
मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको संयोजक डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए ।
कोशी अस्पताल आइसोलेसनमा ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि मृत्यु भएको थियो । मृत्यु पछि बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ति पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर पुर्याएका थिए । यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।