पिजीको प्रवेश परीक्षा असोज २७ देखि २९ सम्म 



Download our app to get more features

काठमाडौं, ३१ भदौ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षा असोज २७ गतेदेखि लिने भएको छ।

आयोगले सूचना निकालेर असोज २७, २८ र २९ गते परीक्षा लिने जनाएको हो ।  

परीक्षाका लागि आयोगले असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ।  परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्। 

अहिले  एमडी र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गरेको हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts