मृत्युपछि पिसिआर परिक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ३१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९का शंकास्पद व्यक्तिको मृत्यु पछि पिसिआर परीक्षण नगर्न नगराउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शकास्पद व्यक्तिको मृत्यु भएमा शवबाट नमुना निकाली पिसिआर परीक्षण गर्न नपर्ने बताएका हुन्।
उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सबै सुरक्षाको सबै उपाय अपनाएर शव व्यवस्थापन गर्ने र सलग्न सबै व्यक्ति अनिवार्य रुपमा आइसोलेसनमा बस्नपर्ने बताएकाछन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी पनि मरेको व्यक्तिको नमुना परीक्षण गर्ने भनेर पहिले पनि मन्त्रालयले नभनेको बताए।
मरेको व्यक्तिबाट कोरोना संक्रमण सर्दैन। यदि शकास्पल व्यक्तिको मृत्यु भएको खण्डमा नजिकको सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य आइसोलेसनमा बस्ने र लक्षण देखिएमा पिसिआर परिक्षण गर्ने निर्णय मन्त्रालयले गरेको छ ।