धनगढीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी, ३१ भदौ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो।
उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेमडेसिविर औषधी समेत प्रयोग गरिएको थियो। योसंगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ।