काठमाडौं उपत्यकामा कोरोना संक्रमणकोे नयाँ रेकर्ड
अहिले सम्मकै धेरै संक्रमित थपिए

काठमाडौं,३१ भदौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमणले नयाँ रेकर्ड राखेको छ । काठमाडौं उपत्यकामा ७ सय ३७ कोरोना संक्रमित थपिएर अहिले सम्मकै नयाँ रेकर्ड बनेको हो ।
काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ।
काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित पुगेका छन्।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।
काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३२७ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७ सय ६ उपचारपछि निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। १० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ।