नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन फेला, संख्या ५८ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ३१ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १५ सय ३९ जना नयाँ संक्रमित थपिएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १० हजार ४ सय ९४ पिसिआर परीक्षण गरिएकोमा एक हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

नेपालमा एकैदिन देखिएको यो हालसम्मकै धेरै संक्रमित संख्या रहेको भन्दै डा गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको बताए ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ६८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । यो संख्या कुल संक्रमितको दरमा ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

नेपालमा हाल १६ हजार २ सय ४२ सक्रिय संक्रमित संख्या रहेको छ भने ८ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जबकी ७ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-09-16 16:24:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts