कांग्रेस महामन्त्री कोइराला ॐ अस्पतालमा भर्ना



Download our app to get more features

काठमाडौं, ३१ भदौ ।  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि मंगलबार साँझ ८ बजे ॐ अस्पताल लगिएको हो। अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको अस्पताल स्रोतले जनाइएको छ। 

उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालले जनाएको छ । 

Last modified on 2020-09-16 10:19:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts