बिपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्यु

काठमाडौं, ३० भदौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीका ७० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार दिउँसो २ः२० मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
उनी ज्वारो, खोकी र श्रवासप्रश्वासमा समस्या भएर भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए।
भदौ २८ गते कोरोना पोजेटिभ पुष्टि भएको उनी उच्च रक्तचापका बिरामी थिए।