एसिड पीडितको जीवनभरको उपचार खर्च सरकारले व्यहोर्ने



Download our app to get more features

काठमाडौं, ३० भदौ । सबै एसिड पिडितको जीवनभरको सबै उपचार सरकारले गर्ने भएको छ।

 एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभर उनीहरूले लिन सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको हो । 

एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय गरेको छ ।  

यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ। 

एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्‍याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ। 
 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts