दाङमा २३ जना कोरोना संक्रमित थपिए  



Download our app to get more features

दाङ, ३० भदौ । दाङमा मंगलबार घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कर्मचारीसँगै दाङमा मंगलबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

यसरी संक्रमित हुनेमा २३ जना नै घोराही उपमहानगरपालिका भित्रमा रहेका छन् । संक्रमित हुने कर्मचारीहरुमा एक जना चिकित्सक, इन्जिनियर, एक जना अधिकृत र ३ जना कार्यालय सहयोगी रहेका छन् । जसमध्ये १२ जना महिला र ११ जना ्पुरुष रहेका छन् । सक्रमित हुने कर्मचारीमा कुनै पनि किसिमको लक्षण देखिएको थिएन ।
थपिएका २३ जना सहित दाङमा कोराना संक्रमितको संख्या ९ सय ४२ पुगेको छ भने घोराही उपमहानगरपालिकामा मात्र ३ सय ८८ पुगेको छ । हालसम्म दाङमा ७ सय ४३ जनाले कोरोनालाई जितेर घर फर्किसहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts