काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च



Download our app to get more features

काठमाडौं, ३० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ कोरोना संक्रमित थपिएका छन।

 काठमाडौंमा ५ सय ५५ , ललितपुरमा  ३५ र भक्तपुरमा ८६ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६  र भक्तपुरमा  १ हजार १ सय १५ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५९  नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। २४ घण्टा १ हजार ६२ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४० हजार ६ सय ३० जना पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts